हतियारसहित तीन जना पक्राउ

तु खबर संवाददाता
२०७९ बैशाख २३, शुक्रबार १५:५८
सांकेतिक तस्बिर

दाङ । दाङ प्रहरीले अवैध हतियारसहित तीन जनालाई पक्राउ गरेको छ । जिल्लाको लमही नगरपालिका वडा नम्वर ३ टिकुलीगढस्थित जुनु वडी विल्डर्सबाट अवैध हतियारसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पक्राउ पर्नेमा लमही नगरपालिका ३ मझगाउँ स्थित फर्निचर तथा आह्रन सञ्चालन गरी बस्ने अन्दाजी ७३ वर्षीय मुमबहादुर घर्ती मगर, बाग्लुङ बुर्तिवाङ झियाखोला घर भई हाल लमही नगरपालिका ३ मा बस्दै आएका २० वर्षीय सोमु बिक र रुपन्देही शुद्धोधन गाउँपालिका २ भुजौली घर भर्इ तलमी नगरपालिका ३ बस्ने ४० वर्षीय कमल भनिने रुक्मान सुनार रहेका छन् ।

२० वर्षीय बिकको साथबाट भरुवा बन्दुकलाई मोडिफाइ गरि निर्मित पेस्तोल आकारको अबैध हतियार बरामद भएको छ । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय र अस्थायी प्रहरी चौकी नर्तीबाट खटिएको प्रहरी टोलीले खान तलासी लिने क्रममा उक्त अबैध हतियार पेस्तोल बरामद गरेको हो । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धन भइइरहेको जनाएको छ ।