कर्तव्य ज्यान मुद्दाका फारार मुण्डा ३ वर्षपछि पक्राउ
काठमाडौं । कर्तव्य ज्यान र ज्यान मर्ने उद्योगको फरार अभियुक्तलाई प्रहरीले ३ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्वर १० घर भई हाल काठमाडौंको चन्द्रागिरी नैकाप बस्ने २५ वर्षीय मुण्डा भन्ने सरोज सुन्दास रहेका छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले नैकापबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार, पक्राउ परेका मुण्डाले २०७५ साल मंसिर ८ गते दिउँसो तीनकुने गैरीगाउँस्थित पेट्रोलपम्प नजिकै महेश परियार, मनिष बाँनिया र मुण्डा भन्ने सरोज सुन्दासले चक्कु प्रहार गरी हत्या गरेका थिए । पक्राउ परेका उनलाई आवश्यक कारबाहीको लागि काठमाडौं जिल्ला अदालतमा पठाइएको जनाइएको छ ।
