३४ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको चौथो दिन नेप्से परिसूचक ३४ अंकले घटेको छ । केही दिनदेखि लगातार गिरावट आएको नेप्से परिसूचक आज ३४ अंकले घटेको हो । सोमबार ४८ अंकले घटेर बन्द भएको नेप्से परिसूचक आज ३१.७६ अंकले घटेर २२७५.६८ विन्दुमा पुगेको छ ।
आज नेप्सेमा सूचीकृत २३३ कम्पनीको ३६ लाख २ हजार ८४८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २६ करोड ९२ लाख १९ हजार ४२१ रुपैयाँको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचक नै आज राताम्य भएका छन् । सर्वाधिक जीवन बीमा समूहको २८६.८२ रुपैयाँ र निर्जिनब बीमा समुहको २१०.८२ रुपैयाँले घटेको छ ।
