३०९४ जनाको नमुना परीक्षण गर्दा ३२ जनामा कोरोना पुष्टि
काठमाडौं । नेपालमा थप ३२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ९४ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, सो अवधिमा १ हजार ५ सय ४ जनाको पीसीआर परीक्षणमा २९ जना र १ हजार ५ सय ९० जनाको एन्टीजेन परीक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, पछिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणका काराण कुनै पनि व्यक्तिको निधन भएको छैन । हाल देशभर २१७ जना सक्रिय संक्रमित रहेका छन् ।
