थप २० जनामा कोरोना संक्रमण पुष्टि

तु खबर संवाददाता
२०७९ बैशाख १८, आईतवार १८:३४
file-photo

काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार २ सय २ जनाको नमुना परीरक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, सो अवधिमा २ हजार ५ सय ८ जनाको पीसीआर परीक्षणमा १२ जना र ७ सय १४ जनाको एन्टीजेन परीक्षण गर्दा २ जनामा कोरोना पुष्टि भएको हो । यससँगै देशभर सक्रिय संक्रमितको संख्या २ सय २१ जना रहेका छन् । जसमध्ये २१५ होम आइसोलेसनमा रहेका छन् भने ६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १ जना आईसीयूमा रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट २७ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन । आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ९०० पुगेको छ । तीमध्ये हालसम्म ११ हजार ९ सय ५१ जनाको मृत्यु भएको छ भने ९ लाख ६६ हजार ६२९ जना संक्रमणमुक्त भएका छन् ।