अब १७ जिल्लामा मात्रै मतपत्र ढुवानी बाँकी

तु खबर संवाददाता
२०७९ बैशाख १८, आईतवार १५:३५

काठमाडौं । स्थानीय तह निर्वाचन, २०७९ का लागि मतपत्र ढुवानी गर्न अब १७ जिल्ला मात्र बाँकी रहेको छ । बागमती प्रदेशका ८ जिल्लासहित १७ जिल्लामा मात्रै मतपत्र ढुकावानी गर्न बाँक िरहेको निर्वाचन आयोगले जनाएको छ । जसमध्ये सिन्धुली, रामेछाप र दोलखामा यही बैशाख १९ गते बिहान ढुवानी हुनेछ भने अन्य जिल्लामा यसैसातामा पठाइनेछ ।

आयोगले बैशाख १७ गतेसम्ममा ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएकामा १८ गते लुम्बिनी प्रदेशका सबै जिल्लाका लागि मतपत्र पठाइएको छ । बाँकी रहेका जिल्लामा मधेश प्रदेशका आठ, प्रदेश नं १ को मोरङ, बागमती प्रदेशको रसुवा, चितवन, ललितपुर, काठमाडौँ र भक्तपुर छन् ।

कर्णाली र सुदूरपश्चिमका सबै जिल्ला, प्रदेश नं १ का मोरङबाहेक सबै जिल्ला र गण्डकीको पोखरा महानगरबाहेक सबै स्थान, बागमती प्रदेशका ५ जिल्लामा मतपत्र पुगिसकेको छ । मनाङ र मुस्ताङ जिल्लामा हेलिकोप्टरबाट मतपत्र ढुवानी गरिएको छ । निर्वाचन आयोगले यही बैशाख १३ गतेबाट मतपत्र ढुवानी सुरु गरेको थियो ।