एक करोड ८० लाख भन्दा बढी मतपत्र छाप्ने काम सक्यो

तु खबर संवाददाता
२०७९ बैशाख १७, शनिबार १५:०१

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि हालसम्म एक करोड ८० लाखभन्दा बढी मतपत्र छाप्ने काम सकिएको जनाएको छ । आयोगका प्रवक्ता शालिमग्राम शर्माका अनुसार, ७६ जिल्लामा पुग्ने एक करोड ८० लाख ४५ हजार मतपत्र छपाइ सकेको छ । निर्वाचन आउँन १३ दिन बाँकी रहँदा आयोगले मतपत्र छपाइ, ढुवानीसँगै अन्य निर्वाचनसम्बन्धी कामलाई तीब्रता दिएको हो ।

प्रवक्ता शर्माका अनुसार, उक्त मतपत्र ढुवानीको काम धमाधम भइरहेको छ । मनाङ र मुस्ताङमा भने हेलिकोप्टरमार्फत ढुवानी गरिएको शर्माले बताए । अब भक्तपुरको मात्र मतपत्र छपाइ सक्न बाँकी छ । आयोगले काठमाडौंदेखि लामो दूरी रहेको जिल्लामा छिटो मतपत्र पठाउन थालेको हो ।