‘दुबई पठाइदिने’ भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
काठमाडौं । ‘दुबई पठाउँछौं’ भनेर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्साको विरगञ्ज महानगरपालिका–५ घर भई ललितपुरको ठेँचो बस्दै आएका ६० वर्षीय हरिबहादुर तामाङ र ३३ ववर्षीय विकास तामाङ रहेका छन् ।
आरोपी विकास तामाङलाई चुच्चेपाटीबाट र हरि बहादुरलाई ललितपुरको जावलाखेलबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार, मोरङको रतुवामाई नगरपालिका घर भएका २० वर्षीय विक्रम मिश्रसहित ५ जनासँग ‘युनाइटेड अरब इमिरेट्स पठाउँछौ’ भनेर ९ लाख ५० हजार लिएर उनीहरु सम्पर्क बिहिन भएका थिए ।
आरोपीहरुले दुबईको प्रतिष्ठित कम्पनी अलसायामा सेल्सम्यानको काम लगाइदिने र मासिक ३ हजार दिराम तलव हुने आश्वासन दिएर प्रतिव्यक्ति १ लाख ९० हजार रुपैयाँ असुलेका थिए ।
