थप १४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ७७१ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, सोही समयमा १९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने नेपालमा हाल २४३ जना संक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ लाख ९० हजार ५६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
