‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो’
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) हेटौंडा उपमहागरपालिकाका उम्मेदवारले मन्दिरमा गएर सपथ लिएका छन् । हेटौंडाको मेयर पदका उम्मेदवार दिपकबहादुर सिंह र उपमेयर उम्मेदवार इन्दिरा न्यौपानेसहित १९ वटै वडाका उम्मेदवारहरुले हेटौंडा–४ स्थित भुवनेश्वर मन्दिरमा सामूहिक रुपमा सपथ लिएका हुन् ।
शुक्रबार उम्मेदवारहरुले भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो भन्दै भनेर सपथ लिएकाहुन् । उनीहरुलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता नवराज विष्टले सपथ ग्रहण गराएका थिए ।
