मकवानपुरका लामा प्रहरीको फन्दामा
२०७९ बैशाख १४, बुधबार १७:५७
मकवानपुर । काठमाडौंको तारकेश्वरबाट मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ५ घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका–५ लोलाङमा बस्दै आएका २६ वर्षीय सुदास लामा रहेका छन् ।
लामालाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले आज बिहान पक्राउ गरेको हो । ललितपुरको गोदावरी नगरपालिका–८ डुकुछापका नवराज घिमिरको सोही स्थानबाट हराएको बागमती प्रदेश ०२–०२५ प १०१० नंको २२० सिसीको पल्सर मोटरसाइकलको नम्बर परिवर्तन गरी लु ६४प ७३७५ नम्वर बनाएर संचालन गरिरहेको अवस्थामा फेला परेपछि निजालाई पक्राउ गरेको हो ।
पक्राउ परेका लामालाई चोरी मुद्दामा आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको कार्यालय जवनाइएको छ ।
