चितुवाको छालासहित ३ जना पक्राउ
सुर्खेत । सुर्खेत प्रहरीले अवैध चितुवाको छालासहित बुधबार बिहान ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जुम्लाको सिंजा गाउँपालिका–८ घर भइ हाल वीरेन्द्रनगर–१२ बस्दै आएका ४० वर्षीया दलबहादुर बुढा, वडा नं.– १४ बस्ने ४१ बर्षीया भरतबहादुर बुढा र २३ वर्षीया अमरबहादुर थापा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, उनीहरुलाई वीरेन्द्रनगरको बसपार्कस्थित सुनिता होटेल एण्ड लजबाट टाउकोदेखि पुच्छरसम्म ९ फिट लम्बाई भएको चितुवाको छाला पक्राउ गरिएको हो । शंकास्पद अवस्थामा फेला परेका उनीहरुको शरीर र होटलको कोठामा खानतलासी गर्दा उक्त परिमाणको चितुवाको छाला बरामद भएपछि निजलाई पक्राउ गरेको हो । पक्राउ परेका उनलाई कारबाहीका लागि डिभिजन वन कार्यालयमा पठाइएको छ ।
