बिहेमा झडप हुँदा एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ बैशाख १४, बुधबार १६:५५
सांकेतिक तस्वीर

सप्तरी । सप्तरीमा एउटा बिहेमा डिजे बनाउने विषयमा झडप हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खडक नगरपालिका वडा नम्वर ४ पंसेराका २७ वर्षीय सन्तलाल पासवान रहेको जिल्ला प्रही कार्यालय सप्तरीले जनाएको छ ।

प्रहरीका अनुसार, सोमबार भएको झडपमा परेर उनी गम्भीर घाइते भएका थिए । घाइते उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल मेडिकल कलेज लगिएको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो ।

युवकको मृत्यु भएपछि दोषीलाई कारबाहीको माग गर्दै स्थानीय बासिन्दाहरूले सप्तरीस्थित पूर्व–पश्चिम राजमार्गको कल्याणपुर–कडरबोना सडक अवरुद्ध पारेको प्रहरीले जनाएको छ । प्रहरीले उक्त घटनामा संलग्न रहेको आरोपमा एक जनालाई नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।