थप ११ जनामा कोरोना संक्रमण पुष्टि

तु खबर संवाददाता
२०७९ बैशाख १४, बुधबार १६:४८
file-photo

काठमाडौं । नेपालमा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ८ सय ९१ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, सो अवधिमा ४ हजार ११९ जनाको पीसीआर परीक्षणमा ८ जना र १ हजारु ७७२ जनाको एन्टीजेन परीक्षणमा ३ जना गरी ११ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर सक्रिय संक्रमितको संख्या २५२ जना पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट १७ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छै ।