लागूऔषधसहित दुई जना पक्राउ
२०७९ बैशाख १४, बुधबार १५:५३
बारा । बाराको कलैया उपमहानगरपालिका वडा नमवर १० लिलकन्ठवा हनुमान मन्दिर अगाडिबाट प्रहरीले लागूऔषधसहित दुई जनाको पक्राउ गरेको छ । प्रहरीले करिब २ सय केजी अवैध लागूऔषध गाँजासहित २ जनालाई बुधबार बिहान पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा भारत घर भएका ६० वर्षीय रामदर्शन महत्तो र ३५ वर्षीय अजित पासवान रहेको जिल्ला प्रहरी कार्यालय बारारले जनाएको छ । उनीहरुलाई प्रहरी चौकी मटिअर्वाबाट खटिएको प्रहरीले उक्त परिमाणको लागूऔषधसहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानुनी प्रकृया अगाडि बढाएको जनाइएको छ ।
