थप १० जनामा कोरोना पुष्टि
काठमाडौं । नेपालमा थप १० जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका ५ हजार २ सय २६ जनाको कोरोना परीक्षण उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २६१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १८ जना सङ्क्रमणमुक्त भएका छन् । सोही अवधिमा थप ८६ हजार १३६ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।
