हेटौंडाको उपमेयरमा ११ जनाको मनोनयन दर्ता, क–कस्को उम्मेदवारी ? (नामावलीसहित)

तु खबर संवाददाता
२०७९ बैशाख १३, मंगलवार ०८:५७

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको उपमेयर पदको लागि ११ जनाले मनोनयन दर्ता गरेका छन् । विभिन्न राजनीतिक दलको तर्फबाट ९ जना र स्वतन्त्र तर्फबाट २ जना गरी ११ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ ।

कार्यालयका अनुसार, उपमेयर पदका लागि सत्तारुढ गठबन्धनको तर्फबाट कांग्रेसका राजेश बानियाँ, नेकपा एमालेबाट सुमित्रा काफ्ले, मौलिक जरोकिलो पार्टीबाट सुनिल घिमिरे, नेपाल कम्युनिस्ट पार्टी समाजवादीबाट मखकुमारी तिमल्सिना, जनजागरण पार्टी नेपालबाट शिवकुमारी पाठक, नेकपा मालेबाट अम्बिका लामिछाने, जनता समाजवादी पार्टी नेपालबाट हरिहर खतिवडा, राप्रपाबाट इन्दिरा न्यौपाने र लोकतान्त्रिक समाजवादी पार्टीबाट नानीमाया श्रेष्ठले मनोनयन दर्ता गरेका हुन् ।

यस्तै, स्वतन्त्रतर्फबाट सुरज पाण्डे र ध्रुवप्रसाद दाहालले हेटौंडा उपमहानगरपालिकाको उपमेयर पदमा मनोनयन दर्ता गराएको निर्वाचन अधिकतको कार्यालय हेटौंडाका सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिए ।