४७७५ जनाको नमुना परीक्षण गर्दा २१ जनामा कोरोना पुष्टि

तु खबर संवाददाता
२०७९ बैशाख १२, सोमबार १७:३२
file-photo

काठमाडौं । नेपालमा थप २१ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका थप ४ हजार ७ सय ७५ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा पीसीआरबाट गरिएको परीक्षणमा १९ जना र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

ससँगे देशभर सक्रिय संक्रमितको संख्या २ सय ७१ जना पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा १७ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा निको हुने दर ९८ दशमलव ८ प्रतिशत रहेको छ । सो अवधिमा थप १ लाख २३ हजार २१० जनाले कोरोनाविरुद्धको खोप पनि लगाएको मन्त्रालयले जनाएको छ ।