सोमबार ३४ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको दोस्रो दिन शेयरबजारमा पुनः गिरावट आएको छ । अघिल्लो दिन ९५ अंकले बढेको नेप्से परिसूचक आज ३४ दशमलव ९५ अंकाले घटेर २ हजार ३८६ दशमलव ०१ विन्दुमा पुगेको छ ।
आज नेप्सेमा सूचीकृत २३९ कम्पनीको ५० लाख ४७ हाजरज ७६९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४ करोड २२ लाख ५३ हजार १८२ रुपैयाँको कारोबार भएको छ । आज नेप्सेमा रहेका १३ उपसूचक मध्ये २ समूह बाहेक ११ समूह राताम्य भएका छन् । आज होटल तथा पर्यटन समूह र म्युचुअल फण्ड समूह बाहेकका सबै सूचक घटेको हो । सर्वाधिक जीवन बीमा समूहको १९९.३१ रुपैयाँ र निर्जिबन बीमा समूहको १५०.०९ रुपैयाँले घटेको छ ।
