थप १३ जनामा कोरोना संक्रमण पुष्टि

तु खबर संवाददाता
२०७९ बैशाख ७, बुधबार १७:५०
file-photo

काठमाडौं । नेपालमा थप १३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ७७ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, सो अवधिमा २ हजार ५ सय २८ जनाको पीसीआर परीक्षणमा ९ जना र १ हजार ३ सय ४९ जनाको एन्टीजेन परीक्षणमा ४ जना गरी १३ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट २५ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका मृत्यु हुनेको संख्या शून्य रहेको छ । हाल देशभर ३ सय १८ जना सक्रिय संक्रमित रहेका छन् ।