सुत्केरीलाई तीन महिनासम्म ३ हजार भत्ता दिने राप्रपाको घोषणा

तु खबर संवाददाता
२०७९ बैशाख ७, बुधबार १६:५७

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सुत्केरी महिलालाई मासिक ३ हजार रुपैयाँका दरले तीन महिनासम्म भत्ता दिने घोषणा गरेको छ । राप्रपाले मंगलबार घोषणापत्र सार्वजनिक गर्दै सो कुराको जानकारी दिएको हो ।

स्थानीय महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता, क्यान्सर मृर्गौला तथा मेरुदण्ड रोगबाट पीडित स्थानीय नागरिकलाई मासिक स्वास्थ्य भत्ता, प्रत्येक किशोरीलाई पाठेघर क्यान्सरविरुद्धको खोप, प्रत्येक स्थानीय तहमा न्युनतम एक सुलभ औषधि पसलको व्यवस्था गर्ने पनि घोषणापत्रमा उल्लेख छ । यस्तै, सबै नागरिकलाई अनिवार्य तथा निशुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्ने पनि घोषणापत्रमा उल्लेख छ ।