देशभर १० जना कोरोना संक्रमित थपिए
काठमाडौं । नेपालमा थप १० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका ४ हजार ४ सय ३ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, सो अवधिमा ३ हजार ५८ जनाको पीसीआर र १ हजार ३ सय ४५ जनाको एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको हो । त्यस्तै, पछिल्लो २४ घण्टामा २६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ८ सय ४७ पुगेको छ । तीमध्ये हालसम्म ११ हजार ९ सय ५१ जनाको मृत्यु भएको छ भने ९ लाख ६६ हजार ३ सय ९९ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर ३३४ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ३२४ जना होम आइसोलेसनमा रहेका छन् भने १० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ४ जना आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत् रहेकने मन्त्रालयले जनाएको छ ।
