सत्ता गठबन्धनको बैठक सुरु
काठमाडौं । सत्ता गठबन्धनको बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए । उनका अनुसार, आज बिहान ११ बजेका लागि बोलाइएको उक्त बैठक केहीबेर अघिबाट मात्रै सुरु भएको हो ।
महानगर र उपमहानगरमा सिट बाँडफाँड मिलाउन बोलाइएको बैठक नेपाली कांग्रेसले समय माग अनुसार, केही घण्टा पर सारेको गठबन्धन दलका एक नेताले बताए । यसअघि आइतबार र सोमबार बसेको गठबन्धन बैठकमा कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच पोखरा महानगरको दावी नछोडेपछि सहमति हुन सकेको थिएन ।
