स्थानीय तह निर्वाचन : मतपत्र छाप्न बढीमा १० दिन लाग्ने

तु खबर संवाददाता
२०७९ बैशाख ६, मंगलवार १५:२४

काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने स्थानीय तह चुनावको लागि मतपत्र छपाइ बढीमा १० दिनमा सकिने जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले काठमाडौंमा मंगलबार आयोजित अन्तरक्रियामा सो कुरा जानकारी गराएका हुन् ।

उनका अनुसार, हालसम्म एक करोड मतपत्र छपाइ भइसकेको छ । छपाइ भएको मतपत्र ४६ जिल्लाको लागि भएको छ । मतपत्र जनक शिक्षा सामग्री केन्द्रले छपाइ गरिरहेको छ । आयोगले जिल्लामा दलगत स्थितिलाई ध्यानमा राखेर मतपत्र छपाइ गर्दै आएको छ ।