कांग्रेसबाट हेटौंडाको मेयरमा एक महिलासहित ३ जनाको नाम सिफारिस

तु खबर संवाददाता
२०७९ बैशाख ५, सोमबार १७:४८

मकवानपुर । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा हेटौंडाको मेयर बन्न कांग्रेसबाट ३ जनाको नाम सिफारिस भएको छ । सोमबार बसेको कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठकले मेयर पदका लागि आनन्दराम पराजुली, उत्सव इटेनी र लक्ष्मी श्रेष्ठको नाम सिफारिस गरेको हो ।

यस्तै, बैठकले उपमेयर पदमा अमृता थापा, इन्दिरा न्यौपाने र तारा राई कार्कीको नाम सिफारिस गरेको कांग्रेस हेटौंडा नगर सभापति उत्सव इटेनीले जानकारी दिए । नगर कार्य समितिले मेयर र उपमेयरको नाम कांग्रेस मकवानपुर क्षेत्रीय कार्य समिति र जिल्ला कार्य समितिलाई सिफारिस गरिएको कांग्रेस हेटौंडा नगर सभापति इटेनीले बताए ।