सोमबार नेप्से परिसूचक ४१ अंकले घट्यो

तु खबर संवाददाता
२०७९ बैशाख ५, सोमबार १६:१४

काठमाडौं । आज साता कारोकारको दोस्रो दिन शेयरबजारमा उच्च गिरावट आएको छ । आइतबार २९ अंकले घटेको नेप्से परिसूचक आज ४१ दशमलव ७७ अंकले घटेर २ हजार ३४३ दशमलव ८७ विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा सूचीकृत २२९ कम्पनीको ३८ लाख ७६ हजार ३०२ कम्पनीको एक अर्ब ५३ करोड ६ लाख ९२ हजार ९५५ रुपैयाँको कारोबार भएको छ । यसैबीच आज नेप्सेमा रहेका १३ उपसूचक नै राताम्य भएका छन् । सर्वाधिक घट्ने समूहमा बीमा समूह रहेका छन् । केही दिनयता बीमा कम्पनीहरुको शेयर लगातार घटिरहेको छ । निर्जिबन बीमा समूहको आज सर्वाधिक ३४२.३७ रुपैयाँ र जीवन बीमा समूहको २६३.९६ रुर्पैयाँले घट्न पुगेको छ ।