नेकपा एकीकृतले टुंग्यायो राक्सिराङमा पालिका अध्यक्षदेखि वडासम्मको उम्मेदवार
मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) राक्सिराङ गाउँपालिका कमिटीले आसन्न स्थानीय तहको निर्वाचनका लागि पालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षहरुको नाम टुंग्याएको छ । आइतबार गाउँ कमिटीको बैठकले गठबन्धन नभएको खण्डमा इन्चार्ज कृष्णबहादुर चेपाङलाई अध्यक्ष र उपाध्यक्षमा मिलनकुमारी तामाङलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
गठबन्धन भएको खण्डमा पालिका उपाध्यक्षमा पार्टी अध्यक्ष ज्ञानेन्द्र तामाङको नाम अघि सार्ने निर्णय गरेको छ । गठबन्धनका दलहरुसँग दावी प्रस्तुत गर्दा अध्यक्ष, उपाध्यक्ष छाडेको खण्डमा वडा नम्वर ३, ४, ६, ९ दावी गर्ने र उपाध्यक्ष लिएको अवस्थामा २ वटा वडा दावी गर्ने निर्णय भएको पार्टी अध्यक्ष ज्ञानेन्द्र तामाङले जानकारी दिए ।
वडा नम्वर १ को अध्यक्षमा बाबुराम मोक्तान, वडा नम्वर २ मा नविन्द्र थिङ, ३ मा ज्ञानबहादुर स्याङ्तान, ४ मा किशोरकुमार ब्लोन, ५ मा जुनियल प्रजा, ६ मा कृष्णलाल तामाङ, ७ मा जंगलाल प्रजा, ८ मा सरोजकुमार प्रजा र ९ नम्बर वडामा अम्बरबहादुर थिङको नाम सर्वसम्मत सिफारिस गरिएको छ ।
