सत्तारुढ गठबन्धनको संयन्त्रको बैठक सोमबार पनि बस्ने

तु खबर संवाददाता
२०७९ बैशाख ४, आईतवार १७:०१
file-photo

काठमाडौं । सत्ता गठबन्धन दलको संयन्त्रको बैठक भोलि (सोमबार) पनि बस्ने भएको छ । गठबन्धनका नेता सम्मिलित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक सोमबार पनि बस्ने भएको सरकारका प्रवक्ता समेत रहेको सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार, आज (आइतबार) बसेको बैठकमा गठबन्धनका उम्मेदवारहरुको जीत सुनिश्चित गर्ने बारेमा छलफल भएको थियो । बिहान बसेको शीर्ष तहका नेताको बैठकले सोमबार महानगरको प्रमुख र उपप्रमुखको टुंगो लगाउने निर्णय गरेको थियो ।