मकवानपुरका वाईबासहित तीन जना पक्राउ

तु खबर संवाददाता
२०७९ बैशाख ३, शनिबार ०८:१९

मकवानपुर । दुर्लभ वन्यजन्तु चितुवाको छालासहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा काठमाडौं गुर्जुधारा बस्ने २३ वर्षीय अर्जुन थिङ, मकवानपुरको थाहा नगरपालिका–१२ बस्ने २४ वर्षीय बालदेन वाइबा र साकेला गाउँपालिका–३ बस्ने ४६ वर्षीय दिलबहादुर तामाङ रहेका छन् ।

उनीहरुलाई महानगरी प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा काठमाडौंको गुर्जुधाराबाट पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट १ मिटर ३० सेन्टिमिटर चितुवाको छाला बरामद गरेको छ । पक्राउ परेका उनीहरुमाथि आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको जनाइएको छ ।