लागूऔषधसहित आले र मिया पक्राउ
बारा । बाराको कोल्हबी नगरपालिका वडा नम्व १ तामागढी सिम्रैनगढबाट नियन्त्रित लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध १५ नाईट्राभेट पिस, नाईट्राजेपाम १० पिस र ब्राउनसुगर १ ग्राम ७६ मिलिग्रामसहित २ जनालाई शुक्रबार बिहान पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा निजगढ नगरपालिका–६ बस्ने २६ वर्षीय मनिष आले र पर्सा वीरगंज महानगरपालिका–१५ बस्ने २४ वर्षीय ईद मिया रहेका छन् । कोल्हबीबाट निजगढतर्फ जाँदै गरेको ग १६ प ५६० नम्वरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय कोल्हबीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुको साथबाट उक्त परिमाणको लागूऔषध बरामद भएपछि निजहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
