नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक बस्दै
मकवानपुर । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । सो बैठकमा उम्मेदवार सिफारिस, छनोट तथा गठबन्धनको साझा उमेदवारलाई कसरी जिताउनेलगायत विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।
कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले नगरपालिका र गाउँपालिकाका उम्मेद्वारको टुङ्गो लगाउन भोलि सात सह–महामन्त्रीलाई सात वटै प्रदेशमा पठाउने निर्णय गरिसकेको छ । उनीहरूले प्रदेशमा उम्मेद्वारको टुंगो लगाउने प्रयास गर्नेछन् ।
