स्थानीय तह निर्वाचन : ४५ लाख २२ हजार मतपत्र छाप्यो

तु खबर संवाददाता
२०७८ चैत्र २८, सोमबार १७:२६

काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाखमा हुने स्थानीय तह चुनावका लागि ४५ लाखभन्दा बढी मतपत्र छापिसकेको जनाएको छ । आयोगले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी बैशाख ३० गते हुने चुनावका लागि हालसम्म ४५ लाख २२ हजार मतपत्र छाप्ने काम सकिएको जानकारी गराएको हो ।

आयोगले २८ जिल्लाका लागि आवश्यक पर्ने ४५ लाख २२ हजार मतपत्र छाप्ने काम सकिएको जनाएको हो । अन्य मतपत्र पनि छाप्ने काम जारी रहेको आयोगको भनाइ छ । आयोगले सबै स्थानीय तहका निर्वाचन अधिकृतलाई एक÷एक प्रति मतदाता नामावली पठाइएको पनि जनाएको छ ।

आयोगले स्थानीय तह निर्वाचनका लागि कुल २३ लहर समुहका ७७ प्रकारका मतपत्र छपाइ गर्ने जानकारी दिएको छ । आयोगका अनुसार, एक करोड ९४ लाख थान मतपत्र छपाइ हुनेछ । आयोगले स्थानीय तह निर्वाचन २०७९ का लागि आवश्यक मतपत्र छपाई कार्य जनक शिक्षा सामग्री केन्द्रमा जारी रहेको पनि जनाएको छ ।