शशांक कोइरालाको अभिव्यक्तिप्रति निर्वाचन आयोगको ध्यानाकषर्ण
काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले चुनाव खर्चबारे दिएको अभिव्यक्तिप्रति निर्वाचन आयोगले ध्यानाकर्षण भएको जनाएको छ । कोइरालाले हालै मात्र २०७४ को प्रतिनिधिसभा चुनावमा ६ करोडभन्दा बढी खर्च भएको भनि दिएको अभिव्यक्तिप्रति आयोगले ध्यानाकर्षण भएको जनाउँदै सात दिनभित्र त्यसको जवाफ दिन निर्देशन दिएको छ ।
कोइरालाले यसअघिको प्रतिनिधिसभा चुनावमा ६ करोडभन्दा बढी खर्च भएको अभिव्यक्ति दिएका थिए । तर, कोइरालाले आयोगमा पेश गरेको विवरणमा भने २१ लाख ७५ हजार मात्र उल्लेख रहेको भन्दै आयोगले के कसो भएको हो ७ दिनभित्र जवाफ दिन भनिएको हो ।
यस्तै, आयोगले चैत्र २६ मा काठमाडौंको भृकुटीमण्डपमा भएको सभामा निर्वाचन आचारसंहिता उल्लंघन भएको भनेर उजुरी आएको भन्दै केकसो भएको हो तीन दिनभित्र आधार प्रमाणसहित चित्तबुझ्दो जवाफ दिन एकीकृत समाजवादी पार्टीलाई निर्देशन दिएको छ ।
