स्थानी चुनाव : निर्वाचन अधिकृतको हेरफेर (सूचीसहित)
काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख ३० मा हुने स्थानीय तहको चुनावको लागि तय भएको निर्वाचन अधिृकतलाई हटाएर नयाँलाई जिम्मेवारी दिएको छ । आयोले बुधबार एक सूचना जारी गर्दै स्थानीय तहको चुनावमा खटाइने ७१ निर्वाचन अधिकृतलाई हटाएर नयाँलाई जिम्मेवारी दिएको जानकारी गराएको हो ।
विभिन्न कारणले ७१ निर्वाचन अधिकृत हटाउँदै त्यस ठाउँमा अन्य ७१ जनालाई नियुक्त गरेको आयोगले जनाएको छ । नियुक्तिका लागि तोकिएका निर्वाचन अधिकृतलाई चैत्र २९ गतेभित्र नै तोकिएको स्थानमा हाजिर हुन पनि आयोगले निर्देशन दिएको छ ।
