बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ

तु खबर संवाददाता
२०७८ चैत्र २३, बुधबार १५:४४

काठमाडौं । बैंकिङ कसूर मुद्दामा एक जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोकको लिसंखु गाउपालिका–५ लाटेबोटडाँडा घर भई काठमाडौं महानगरपालिका–६ बौद्ध बस्दै आएका ३३ वर्षीय बज्रसिंह लामालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

लामालाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को टोलीले मंगलबार पक्राउ गरेको छ । उनलाई उच्च अदालत पाटनले बैंकिङ कसूरमा दोषी ठहर गर्दै ८ दिन कैद सजाय र २५ लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो । लामाले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको जानी–जानी एनएमबी बैंक लिमिटेड बौद्धको चेक काटेर पीडितलाई झुक्याएको उजुरी परेपछि मुद्दा चलाइएको थियो ।