दमौली जान हिँडेकी १३ वर्षीया बालिका बेपत्ता
तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–४ भिरकोटबाट एक बालिका बेपत्ता भएकी छन् । दमौली जान भनी हिँडेकी ऋषिङ–४ भिरकोटकी खुमबहादुर परियारकी १३ वर्षीया छोरी बन्दना बेपत्ता भएकी हुन् । बन्दना मंगलबारदेखि बेपत्ता हुन् ।
उनी स्थानीय बाल विकास केन्द्र माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिइन् । ऋषिङ गाउँपालिका–१ गैह्राखुदीबाट छोरी बेपत्ता भएको भन्दै मङ्गलबार बालिकाका बुवाले जिल्ला प्रहरी कार्यालय दमौलीमा खोजतलासका लागि जाहेरी दिएका छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
