राष्ट्रपतिद्वारा एसिडसम्बन्धी अध्यादेश जारी

तु खबर संवाददाता
२०७८ चैत्र २३, बुधबार ०८:५९
file-photo

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले एसिडसम्बन्धी अध्यादेश जारी गरेको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले मंगलबार एसिडसम्बन्धीसहित यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले अर्का चार वटा अध्यादेश पनि जारी गरेकी छन् । उनले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश र नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश जारी गरेकी हुन् । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।