बैंकिङ मुद्दाका फरार अभियुक्त पक्राउ
काठमाडौं । प्रहरी बैंकिङ मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलामको सन्दरकपुर गाउँपालिका–४ भोटेगाउँ घर भई हाल तार्केश्वर नगरपालिका–५ लोलाङ बस्ने ४२ वर्षीय डाकमान गुरूङ रहेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले आइतबार बौद्धबाट पक्राउ गरेको हो ।
उच्च अदालत पाटनले २०७८ फागुन २९ गते उनलाई तीन दिन कैद र १५ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । बौद्धमा लुकिछपी बसिरहेको अवस्थामा गुरूङलाई पक्राउ गरी फैसला कार्यान्वयनाका लागि चितवन जिल्ला अदालतमा पेश गरिएको सीआईबीले जनाएको छ ।
