नेप्से ३० अंकले घट्दा १ अर्ब ४६ करोडको मात्रै कारोबार

तु खबर संवाददाता
२०७८ चैत्र २०, आईतवार १७:०३

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजारमा उच्च गिरावट आएको छ । गत साता २३ अंकले घटेर बन्द भएको नेप्से आज ३० दशमलव ८९ अंकले घटेर २ हजार ५१३ दशमलव ४१ विन्दुमा पुगेको छ ।

नेप्सेमा सूचीकृत २२५ कम्पनीको ३२ लाख ५३ हजार ८१६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४६ करोड ७ लाख ७३ हजार ७२९ रुपैयाँको कारोबार भएको छ । नेप्से घटेसँगै आज कारोबार समेत १ अर्बमा रोकिएको हो ।

नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज म्युचुअल फण्ड समूह बाहेकका सबै सूचक राताम्य भएका छन् । आज सर्वाधिक जीवन बीमा समूहको २१६.९९ रुपैयाँ र निर्जिबन बीमा समूहको १७४.६१ रुपैयाँले घटेको छ ।