म्यादी प्रहरी बनाइदिने भन्दै ठगी गरेको आरोपमा युवक पक्राउ

तु खबर संवाददाता
२०७८ चैत्र १९, शनिबार १२:०९

जनकपुरधाम । सर्लाहीमा म्यादी प्रहरीमा भर्ना गराइदिने भन्दै रकम ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रनगर गाउँपालिका – ७ बस्ने ३१ वर्षीय दीपेन्द्र चौधरी रहेका छन् ।

चौधरीले म्यादी प्रहरी भर्ना छनोट हुने स्थलमै पुगेर ५ हजार÷७ हजार रुपैयाँ लिई भर्ना गराइदिन्छु भन्दै आएको पाइएको सर्लाहीका प्रहरीले जनाएको छ । चौधरीलाई विशेष सूचनाको आधारमा नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।

यसअघि सप्तरीबाट पनि म्यादी प्रहरीमा भर्ना गराइदिने नाममा आवेदनकर्तासँग रकम असुली गरेको आरोपमा एक युवक पक्राउ परेका थिए ।