३८३५ जनाको परीक्षण गर्दा २२ जनामा कोरोना पुष्टि
काठमाडौं । नेपालमा थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका ३ हजार ८ सय ३५ जनाको कोरोना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, सो अवधिमा २ हजार ५ सय १६ जनाको पीसीआर र १ हजार ३ सय १९ जनाको एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको हो । यससँगै देशभर सक्रिय संक्रमितको संख्या १ हजार २२ जना पुगेको छ । त्यस्तै, सोही अवधिमा देशभरका ७५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या शून्य रहेको छ ।
