हेटौंडाका राम र सितालाई व्हीलचियर
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ बस्ने रामबहादुर नेगी र सितामाया घलानलाई व्हीलचियर वितरण गरिएको छ । हेटौंडा उपमहानगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक महाशाखाले अपाङ्गता भएका उनीहरुलाई शुक्रबार एक कार्यक्रमबीच व्हीलचियर हस्तान्तरण गरेको हो ।
कम्बरभन्दा तलको भाग नचल्ने घलान र जन्म जात अपाङ्ग भएकी सितालाई महाशाखा अधिकृत जगन्नाथ सापकोटाले उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । दुबै जना रातो कार्ड भएको जनाएको छ । यस्तै, महिला बालबालिका तथा जेष्ठ नागरकि महाशाखाले दैनिक रुपमा अपाङ्गता भएको व्यक्तिलाई सहयोग गर्दै आएको छ ।
