हेटौंडा–२ का ज्येष्ठ नागरिकलाई सम्मान
मकवानपुर । नेपाली कांग्रेस श्रृष्टी टोल समिति हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ ले ४८ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । कांग्रेसको ‘घरघर जाउँ, कांग्रेस जिताउँ’ अभियान अन्तरगत बिहीर एक कार्यक्रमको आयोजना गरी वडाभित्र रहेका ७५ वर्ष भन्दा माथि उमेर समूहका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको समितिकी अध्यक्ष कल्पना रिजालले जानकारी दिईन ।
कार्यक्रम समितिको अध्यक्ष रिजालको अध्यक्षता तथा नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाको प्रमुख आतिथ्यता भएको हो । कार्यक्रममा सहमहामन्त्री डीनाले ज्येष्ठ नागरिकहरुको माया र आशिर्वाद सदैव आवश्यक रहेको बताइन् । समाजमा भएका गतिविधिहरुलाई यहाँसम्म ल्याईपु¥याउने काम ज्येष्ठ नागरिकहरुकै भएका कारण उनीहरुलाई सदैव सम्मान गर्नुपर्ने उनले बताईन् ।
कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका जिल्ला सदस्य आनन्दराम पराजुली, इश्वर पण्डित, २ नम्बर वडा सभापति भवसागर श्रेष्ठ लगायत कांग्रेस नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
