मानव अधिकार एलायन्स मकवानपुरको अध्यक्षमा न्यौपाने

तु खबर संवाददाता
२०७८ चैत्र १८, शुक्रबार ०८:२५

मकवानपुर । नेकपा (एमाले) को जनवर्गीय संगठन राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलायन्स) मकवानपुरको अध्यक्षमा रामचन्द्र न्यौपाने चयन भएका छन् । एलायन्सको बिहीबार भएको छैठौं जिल्ला अधिवेशनबाट न्यौपानेको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।

यस्तै, अधिवेशनवाट उपाध्यक्षमा राधिका चौलागाई, सचिवमा सम्राट सिलवाल, कोषाध्यक्षमा विवश अधिकारी चयन भएका छन् । यसैगरी, सदस्यहरुमा प्रविण गौतम, नवराज पौडेल, कुमारी वाइवा, चन्द्रावती पनेरु, सुमित्रा श्रेष्ठ, मनिषा धले गुरुङ र कमला कार्की चयन भएका छन् ।

कमिटीमा थप ४ जना भने पहिलो बैठकबाट मनोनयन गरिने अध्यक्ष न्यौपानेले बताए । अधिवेशन मानव अधिकार एलायन्स मकवानपुरका अध्यक्ष तुलसी रिजालको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रिय सदस्य एवम् मकवानपुर ईन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यतामा भएको हो ।