भीमफेदी कारागारलाई स्वास्थ्य सामाग्री सहयोग
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ६ स्थित भीमफेदी कारागारलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । कारागारलाई सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा पशुपतिनगर एवम् सेवाको लागि युवा मकवानपुरले संयुक्त रुपमा स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।
कारागारलाई अक्सिजन सिलिन्डर, गोल्प्स, माक्स, सेनिटाइजर र १ हजार लिटरको पानी ट्याङ्की सहयोग गरिएको हो । हस्तान्तरण कार्यक्रम सेवाको लागि युवा टिम लिडर विबश सुबेदीको अध्यक्षता तथा सामुदायिक सेवा केन्द्र मकवानपुरका अध्यक्ष राम बिष्टका प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बिष्टले कारागारमा रहेका व्यक्तिहरू कानूनमा दोषी भए पनि समुदाय कै नागरिक भएको हुनाले तपाई हाम्रै दायित्व भएकोले सबैले सहयोग गर्नुपर्ने बताए । उनले कारागारलाई सामाग्री हस्तान्तरण गर्न पाउदा खुशी लागेको भन्दै पुनः सहयोगको गर्ने प्रतिबद्धता जनाए ।
स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा सह–सेनानी सुरज बस्नेत, ईलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठ, केन्द्रका निवर्तमान अध्यक्ष कुमार पौडेल, सचिवालय सदस्य नबराज कोइरालालगायतको सहभागिता थियो ।
