भीमफेदी कारागारमा १०७६ जना कैदी थुनामा, सबैभन्दा धेरै लागूऔषधका

तु खबर संवाददाता
२०८० श्रावण १३, शनिबार १०:४९
file photo

मकवानपुर । मकवानपुरको भीमफेदी कारागारमा हाल १ हजारभन्दा बढी कैदीबन्दीहरु थुनामा रहेका छन् । १ हजार ५ सय कैदी राख्ने क्षमता रहेको उक्त कारागरामा हाल १ हजार ७६ जना कैदीबन्दीहरु रहेको कारागारका प्रमुख तीर्थराज पौडेलले जानकारी दिए ।

उनका अनुसार, कारागारमा जिल्ला अदालत र उच्च अदालत पाटन हेटौंडा इजलाशको आदेशबाट विभिन्न मुद्दामा पूर्वपक्षका लागि थुनामा पठाइएका कैदीबन्दीहरु रहेका छन् । तीमध्ये महिलाको संख्या ३१ जना रहेका छन् ।

कारागारमा रहेका कैदीहरुमध्ये सबैभन्दा धेरै लागूऔषध ओसारपोसारमा संलग्न रहेको मुद्दामा पूर्पक्षका लागि थुनामा राखिएको छ । उक्त मुद्दामा ३ सय भन्दा बढी कैदीबन्दीहरु रहेको कारागार प्रमुख पौडेले बताए ।

यसैगरी, जबरजस्तीकरणीको मुद्दामा १०० जना, कर्तव्य ज्यान सम्बन्धी मुद्धामा १०० जना, नेकपा माओवादी विप्लवको तर्फबाट विस्फोटक मुद्दामा ६ जना र बैंकिङ कसुरतर्फ ३० देखि ३५ जना कैदीहरु थुनामा राखिएको कारागार प्रमुख पौडेलले बताए ।