भीमफेदी कारागारले असोजको अन्तिम साताबाट बायो ग्यास उत्पादन गर्ने

तु खबर संवाददाता
२०८० भाद्र २,शनिबार १०:१४
file-photo

मकवानपुर । मकवानपुरको भीमफेदी कारागारले आगामी असोज अन्तिम साताबाट बायो ग्यास उत्पादन गर्ने भएको छ । कारागारबाट निस्कने फोहोरबाट बायो ग्यासको उत्पादन सुरु गर्ने भएको कारागारका जेलर तीर्थराज पौडेलले जानकारी दिए ।

उनका अनुसार, बायो ग्यास उत्पादनका लागि बोलपत्र आह्वान गरिसकेको र भदौको तेस्रो सातासम्ममा बोलपत्रलाई स्वीकृत गर्ने लक्ष्य रहेको छ ।

उक्त ग्यास उत्पादनको लागि बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले चालु आर्थिक वर्ष २०८०–०८१ मा रु ३० लाख अनुदान रकम उपलब्ध गराएको छ ।

उक्त कारागारमा हाल १ हजार ७० जना बन्दी कैदीहरु रहेका छन् । तीमध्ये ३१ जना महिला रहेका छन् भने अन्य सबै पुरुष रहेका छन् ।