देशभरका ४९५१ जनाको नमुना परीक्षण गर्दा २५ जनामा कोरोना पुष्टि
काठमाडौं । नेपालमा थप २५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ५१ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, सो अवधिमा ३ हजार ६ सय २३ जनाको पीसीआर परीक्षण गर्दा २४ जनामा र १ हजार ३ सय २८ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि गरेको हो । त्यस्तै, पछिल्लो २४ घण्टामा देशभरका ८९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन । हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार ८१ जना पुगेको छ ।
