हेटौंडाबाट एक भारतीय नागरिक पक्राउ

तु खबर संवाददाता
२०७८ चैत्र १६, बुधबार १८:३८

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको छाप्रा सबलपुर बस्ने  ७० वर्षीय गणेश राय रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

राय बुधबार बिहान हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीबाट ५ किलो ५ सय ग्राम लागूऔषध गाँजासहित पक्राउ परेका हुन् । उनलाई ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले उक्त लागुऔषधसहित पक्राउ गरेको हो । पक्राउ परेका रायमाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।