देशभर ४२ जना कोरोना संक्रमित थपिए
काठमाडौं । नेपालमा थप ४२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ५ हजार १ सय ८१ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, सो अवधिमा ४ हजार ३ सय २२ जनाको पीसीआर परीक्षणमा ३० जना र १ हजार १ सय ४९ जनाको एन्टीजेन परीक्षणमा १२ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै, पछिल्लो २४ घण्टामा ८६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन ।
मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ५ सय ८ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ पुगेको छ भने ९ लाख ६५ हजार २ सय २८ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर १ हजार १ सय ९८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १ हजार १ सय ४६ जना होम आइसोलेसनमा रहेका छन् भने ५२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २० जना आईसीयू र ३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
